काठमाडौं / त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले २ दिनमा २४ किलो कोकिन बरामद गरेको छ। 

विमानस्थल सुरक्षा प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठका अनुसार आइतबार १६ केजी र सोमबार ८ केजी कोकिनसहित बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

आइतबार १६ केजी कोकिनसहित प्रहरीले दुई जना दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको थियो भने सोमबार आठ केजी कोकिनसहित अन्य एक जना विदेशीलाई पक्राउ गरेको छ । 

विदेशबाट आएका यात्रुको झोला चेकजाँचका क्रममा लागू औषध नियन्त्रण ब्युरोको टोलीले उक्त परिमाणको कोकिन बरामद गरेको हो।

उनीहरु तीनैजना दुर्वइ हुँदै कोकिन बोकेर नेपाल आएका प्रवक्ता श्रेष्ठले बताए ।