रूपन्देही / रूपन्देहीमा राजश्व छलेर ल्याएको ८ क्विन्टल चिनी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका २२ वर्षीय मिनबहादुर रास्कोटी र कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्त रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनी जनाएका छन् । सोमबार राति १० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् ।