एजेन्सी / बुधबार बिहान मध्य इरानको मशहदयाजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य घाइतेहरु मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले बताएका छन् । 

इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई जनाएका छन् । ट्रयाकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उनले बताए ।
आज बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्रयाकबाट बाहिरिएका आपतकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा, उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।