झापा / अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । 

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चार विहीन भएको छ । मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।