झापा / कैलालीको शिवशक्ति समुदायिक वनको रुखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ६ स्थित स्थानीय २४ वर्षीया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।