बिर्तामोड / शनिबार विराटनगर- १३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारी दुर्घटना भएको थियो । चिकित्सकको सवारीले अस्पतालका सुरक्षागार्डलाई ठक्कर दिएर गम्भिर घाइते भएका सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार बिहान पौने १० बजे अस्पतालमा कार्यरत निष्ठा श्रेष्ठलाई अस्पताल पुर्याउने क्रममा अस्पताल भित्र प्रवेश गरेको गाडीले गेटमा ठक्कर दिएको थियो । सवारी चिकित्सकका श्रीमान् पर्सा ८ का ३४ वर्षीय दिवेश साहले चलाएको प्रहरीले जनाएको छ । सवारी र चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धानको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।