काठमाडौँ / दिनेश डीसीले निर्देशन गर्न लागेको सर्वजित् चलचित्र निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार आयोजित एक कार्यक्रमका बीच सर्वजित् चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । 
चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित् विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो । चलचित्र निर्माणमा करिब १ करोड २५ लाख लागत अनुमान गरिएको छ । 

OM Sai Pathibhara Hospital