काठमाडौं / काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतमाथि बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यतिबेला विद्यार्थीका अभिभावकहरूले अभियुक्तमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

यता आरोपित वार्डेन बस्नेत भने अहिले फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । पीडित भनिएका छात्राहरू ९ देखि १२ वर्ष उमेर समूहको रहको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराम न्यौपानेले बताएका छन् ।