बिर्तामोड / विराटनगर- १३ रानीस्थित विराटनगर आँखा अस्पतालमा अस्पतालका चिकित्सकको गाडी दुर्घटना भएको छ । दुर्घटना परि गेटमा खटिएका सुरक्षागार्ड विराटनगर - ४ का अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँइटेल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।
अस्पतालका चिकित्सकको बाग्मती प्रदेश ०१ - २७ च ४०२१ नम्बरको गाडी अस्पताल भित्र प्रवेश गर्दा गाडीले गेटमा ठक्कर दिएको थियोले त्यही गेटले थिचेर सुरक्षा गार्ड घाइते भएका हुन् । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पर्सा ८ का ३४ वर्षीय दिनेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।