काठमाडौं / ‘पदीय जिम्मेवारी पूरा नगरी’ लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एक प्रहरी इन्स्पेक्टर (प्रहरी निरीक्षक) लाई सेवाबाट हटाउने भएको छ ।

प्रहरी नियमावली अनुरूप गृह मन्त्रालयले प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको हो । 

OM Sai Pathibhara Hospital

मन्त्रालयले कुर्मीलाई विभागीय कारबाही गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत आदेश दिएको छ ।

कुर्मी पर्सा कालिकामाई गाउँपालिका –५ का बासिन्दा हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको दरबन्दीमा थिए ।