झापा / कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका- ६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट रहेका छन् । 

बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बलात्कार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।