झापा / यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

सरकारले इन्धनको मूल्य १० रुपैयाँले घटाएपछि विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।

OM Sai Pathibhara Hospital

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ अर्थात् ६.१३ प्रतिशतले घटेको थियो । 

सो अनुरूप विभागले आज जेठ २० गतेबाटै लागू हुनेगरि सवारीसाधनको भाडा यात्रुवाहकको २ प्रतिशत, मालवाहकको पहाडी क्षेत्रमा २.६ प्रतिशत र तराईको बाटोमा चल्नेको २.९ प्रतिशतले घटाइएको हो ।

हाल डिजेलको बजार मूल्य १५३ रुपैयाँ छ । पछिल्लो पटक घटेको १० रुपैयाँ प्रतिलिटर ६.१३ प्रतिशतले घटेकोले पनि सवारी भाडा पनि इन्धनको मूल्य घटेकै अनुपातमा घटेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।