सुनसरी  / छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका इटहरीस्थित ब्लुमिङ लोटस इंग्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  

सुनसरी जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सिन्धुली कमलामाई –७ घर भएका खड्कालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

OM Sai Pathibhara Hospital

२०७२ देखि २०७३ सालको अन्तिमसम्ममा आफूमाथि खड्काले पटकपटक बलात्कार गरेको भन्दै २ भदौ २०७४ मा पीडित छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी थिइन् । 

इटहरीको ब्लुमिङ् स्कुल छाडेर काठमाडौंमा शिक्षण गर्दै आएका खड्का छ वर्ष बित्दा पनि पक्राउ नपरेको युवतीले एक साताअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरे लगतै खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत काठमाडौंबाट पक्राउ गरी सुनसरीमा ल्याएको थियो ।