हेटौंडा / हेटौंडा उपमहानगरपालिका १० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला- १० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरी रहेको प्रहरीले जनाएको छ । 

बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना २ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो । बिहीबार साँझ पक्राउ परेका  चौधरीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।