एजेन्सी / भारतमा एक युवतीले आफैसँग विवाह गर्ने भएकी छन् । पश्चिम भारतकी ब्लगर २४ वर्षीया क्षमा बिन्दुले आफैसँग विवाह गर्ने घोषणा गरेकी हुन् । विवाहका सबै प्रक्रिया पूरा हुनेछ तर त्यहाँ दुलाहा हुने छैनन् । कारण उनी आफैसँग विवाह गदै छन् । आफूले आफैसँग विवाह गर्नुको कारण भने उनले आफूले आफैलाई प्रेम गर्ने बताएकी छन् । धेरै मानिसले आफूलाई रोजेको भएपनि उनले उनीहरूलाई नभएर आफैलाई रोजेको बताएकी छन् । पछिल्लो समय पश्चिमा मुलुकमा यो प्रवृत्ति तीव्र गतिमा बढ्दै आएको छ । जहाँ विवाहका सबै प्रक्रिया पूरा गरेर आफूले आफैसँग विवाह गरेका हुन्छन् । तर भारतमा भने यो पहिलो एकल विवाह हो ।
जहाँ ती युवतीले आफैलाई रोजेर आफैसँग विवाह गर्ने घोषणा गरिन् । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा क्षमा बिन्दुको परम्परागत हिन्दु समारोह छ । जहाँ उनले विवाहको पहिरनमा सजिएर सबै प्रक्रिया पूरा गरी आफूले आफैलाई जीवनसाथी रोज्ने छिन् । र आफैलाई जीवनभर साथ दिने बाचा गर्नेछिन् । यसका साथै उनले हनिमुन र विवाहका अन्य प्रक्रियासमेत पूरा गर्ने जनाएकी छन् ।
उनी विवाहपछि दुई साता लामो हनिमुनमा गोवा जाने छिन्। समाजशास्त्रकी विद्यार्थीका साथै एक ब्लगर समेत रहेकी उनले आफ्नो यस निर्णयबारे धारणा सार्वजनिक गर्दै भनेकी छन्, ‘धेरै मानिसहरूले मलाई म राम्रो क्याच हुँ भन्छन्, म तिनीहरूलाई भन्छु, ‘मैले आफैलाई समाते ।’ उनी भन्छिन्, ‘आत्म-विवाह भनेको आफ्नो लागि त्यहाँ रहनु, आजीविका र जीवनशैली छनोट गर्नको लागि प्रतिबद्धता हो जसले तपाईँलाई सबैभन्दा जीवित, सुन्दर र गहिरो आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ। यो देखाउने मेरो तरिका हो कि म मेरो सबै विभिन्न अङ्गहरूलाई स्वीकार गर्दैछु, विशेष गरी मैले मेरो कमजोरीहरू जस्तै अस्वीकार गर्ने वा अस्वीकार गर्ने प्रयास गरेको छु। त्यो शारीरिक, मानसिक वा भावनात्मक हो । मेरो लागि, यो विवाह हो ।
साँच्चै आत्म-स्वीकृति गहिरो कार्य हो। म के भन्न खोज्दैछु कि म आफैलाई स्वीकार गर्छु। सबै मलाई, यहाँ सम्म कि भागहरू जुन सुन्दर देखिँदैन ।’ बिन्दुको परिवारले पनि उनीको यो निर्णयलाई सर्मथन गर्दै आर्शिवाद दिएको उनी बताउँछिन् । भारतमा यतिबेला उनको विवाहको कुराले निकै चर्चा पाएको छ । कतिपय आलोचकले उनको यो विवाह चर्चा कमाउनको लागि हो भनेका छन् भने कतिले उनको यो निर्णयलाई प्रशंसा समेत गरेका छन् ।