झापा / डडेल्धुराको आलिताल गाउँपालिकाको प्रशासन कक्षमा शुक्रबार बिहान आगलागी भएको हो । आगलागीमा परि पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत जलेर नष्ट भएको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले जानकारी दिएका छन् । 

पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागी भएको बताए । हाम्रो परिवार पालिकाको क्यान्टिनमै बस्दै आएको छ । आगलागी भएको थाहा पाउनेबित्तिकै निभाउन तिर लागेँ। र, थप क्षति हुन पाएन । आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।