काठमाडौँ / आज साँझ भर्चुअल रुपमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ ।  आजको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै संसदीय चुनावसम्म कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

यसअघि माओवादी केन्द्रले देशभरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बुधबार र बिहीबार प्रशिक्षण दिएको थियो । पार्टी केन्द्रीय कमिटीको बैठकअघि जनप्रतिनिधिलाई दिशाबोध गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital