बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका - ४ बाट राजश्व छली अवैध रुपमा विराटनगरबाट इटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् ।चौधरीले बि आर ३३ जी बी २६२७ नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायतका सामान अवैध रुपमा राजस्व छली गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर- ४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो । अवैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।