बिर्तामोड / झापाका बिभिन्न क्षेत्रबाट मोटरसाइकल चोरीमा संलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ ।
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा बिर्तामोड- ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड- ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा- ८ का १८ वर्षीय समीर मियाँ, टिकुली- ५ सप्तरीका २७ वर्षीय करण महमद, गौरीगंज- ५ का १८ वर्षीय ओम प्रकाश यादव, चुलाचुली इलामका १८ वर्षीय राहुल श्रेष्ठसहित १४ र १५ वर्षका दुई बालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
चोरीमा संलग्न ब्यक्तिसँगै चोरिएका १२ वटा मोटरसाइकल समेत सार्वजनिक इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । चोरिएका बाइकहरु मध्ये ४ वटा बजाज, ५ वटा हिरो होन्डा, एउटा टीभीएस, एउटा यामाहा र एउटा सुजुकी कम्पनीको बाइक रहेका छन् । मोटरसाइकल चोरीमा अरु ब्यक्तिहरु पनि संलग्न रहेको र उनीहरूको पहिचान खुलिसकेकाले चाँडै पक्राउ पर्ने कुँवरले बताएका छन् ।