काठमाडौँ / आइतबार मुस्ताङको थासाङ गाउँपालिका –२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा भएको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तलाई बुझाइएको छ ।
आइतबार मौसम खराबीका कारण पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज दुर्घटनामा परेको थियो ।
नेपाली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शवहरू संकलन गरी २ चरणमा काठमाडौँ ल्याइएको थियो ।
काठमाडौँ ल्याइएका शवहरूको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीवार आफन्तको जिम्मा लगाइएको हो ।
जहाज दुर्घटनामा परी चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापासहित बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठको मृत्यु भएको थियो ।