झापा / कैलालीमा अस्पतालबाट एक थुनुवा फरार हतकडी सहित भएका छन् । मेडिकल जाँचका लागि अस्पताल लगिएका घोडाघोडी -२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  वेद जोशीका अनुसार पाण्डेय र प्रकाश शाहलाई लागूऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखिएको थियो । उनीहरूलाई १४ जेठमा पक्राउ गरिएको हो । 

दुवै जनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पताल लागिएको थियो । ‘मंगलबार उपचारका लागि अस्पताल लगिएको बेलामा त्यहीँबाट दुवै जना भाग्न खोजेका थिए । पाण्डेय भागे पनि शाहलाई भने पुनः पक्राउ गरेका छौं,’ डीएसपी जोशीले भने, ‘पाण्डेयको पनि खोजी भइरहेको छ ।’
उनका अनुसार जिल्लाको प्रहरी टोलीले सीमा, पाण्डेयको घर क्षेत्र र अन्य शंकास्पद क्षेत्रमा खोजी गरिरहेको छ । डीएसपी जोशीले घटनाबारे छानबिन समिति गठन गर्ने लगायतको प्रक्रिया अघि बढेको पनि जानकारी दिए ।