झापा / सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने युवतीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले पदभार ग्रहणको क्रममा बालविवाह रोकेर छोरीहरूलाई शिक्षामा प्रोत्साहन गर्ने निर्णय गरेका हुन् ।
प्लस टू उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने छोरीहरूलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए ।
मधेसमा अझै पनि छोरीहरूलाई नपढाउने र उमेरै नपुगी विवाह गरिदिने क्रम नरोकिएकाले यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए ।