काठमाडौँ / नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा फेरि तालाबन्दी गरेको छ ।

नेविसङ्घले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो । तर बुधबार नेकपा (क्रान्तिकारी) ले ताला फुटाए पछि
बिहीबार किर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले तालाबन्दी गरेको हो । नेकपा (क्रान्तिकारी) का नाममा नक्कली विज्ञप्ति टाँसेर ताला फुटाइएको भन्दै नेविसङ्घले विरोधसमेत गरेको छ ।
नेकपा ( क्रान्तिकारी) ले ताला फुटाएको विरोध गर्दै नेविसङ्घले आज फेरि तालाबन्दी गरेको छ ।