झापा / कपिलवस्तुको वाणगङ्गा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा ६ जना युवा पक्राउ परेका छन् । सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी १७ वर्षीया किशोरीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिकाका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली , सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।