काठमाडौं / तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव आज (विहीबार) परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

मृतक २२ जनाको शव पोस्टमार्टमको काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।

OM Sai Pathibhara Hospital

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली, चार भारतीय र दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।