झापा / सप्तकोसी नदीमा हाम फालेका झापाको कमल गाउँपालिका –५ निवासी ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बुको सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।

सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित सप्तकोसी नदीमा बुधबार बेलुकी ७ बजेर हाम फालेका खड्काको उद्धार गरिएको हो । 

OM Sai Pathibhara Hospital

लिम्बू सप्तकोसी पुलको बीचको नोजबाट नदीमा हाम फालेका खड्काले बताए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।