पोखरा / पोखरामा नेकपा एमालेका तीन कार्यकर्ता कारबाहीमा परेको छन् । एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम लागेको भन्दै एमालेका तीन कार्यकर्ता कारबाहीमा परेका हुन् । नेकपा एमाले कास्कीले एमालेका ती कार्यकर्ताले गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।
त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित सङ्गठित सदस्यबाट समेत निलम्बन गरिएको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
एमालेले पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ । पोखरा महानगरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ ।