झापा /  फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पनि जाजरकोटमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ  । जाजरकोटको छेडागाड नगरपालिका- ५ बाँका थलहमा बस्दै आएका चालीस परिवारका एक सय ४४ जनालाई गुराँस गाउँपालिका- ८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए ।

वडा कार्यालयले माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए ।