बिर्तामोड / उर्लाबारी नगरपालिका- ४ की ३५ वर्षीया कुमारी महरालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय श्रीमान सुमन महरालाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका आरोपितले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पेटमा छुरा प्रहार गरिएको र चोट गहिरो रूपमा लागेकाले पीडितको उपचार विराटनगर महानगरपालिका- ३ स्थित नोवेल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले बताएका छन् ।
महराले  श्रीमतीलाई जेठ १६ गते राति छुरा प्रहार गरेको स्थानीयले प्रहरीलाई सूचना दिएपछि आरोपितलाई राति नै अनुसन्धानका लागि घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।