वीरगञ्ज / पर्सामा प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र हाल बहुदरमाई–८ बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् ।

OM Sai Pathibhara Hospital

पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा २० थान (२० हजार नक्कली रकम) सहित प्रहरीले पक्राउ गरेको थियो ।

नक्कली नोट साटिरहेको खबर पाएपछि प्रहरीले मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको छ ।