बिर्तामोड / चितवनमा श्रीमानद्धारा कुटपिट गरि यौनाङ्गमा हात हली घाइते भएकी गीता माझीको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट उनको मलद्वार र योनीको भाग च्यातिएको प्रहरीले जनाएको छ । माझीको सोमबार राति ११: ५० भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताएका छन् ।
चितवनको खैरहनी नगरपालिका– १० काठार मुसहरबस्तीकी गीता माझीको आफ्नै श्रीमान रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी मलद्वारमा लौरो घुसाएर कुटपिट गरेका थिए । गीताका श्रीमान रामचन्द्र माझी प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ ।