काठमाडौं / वरियता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको निर्णय विरुद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुने भएको छ ।
१८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी सिंहलाई बढुवा गरेपछि पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र धिरज प्रताप सिंहलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गत वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको भएपनि सो मुद्दाको पूर्ण सुनुवाइका लागि आज (मंगलबार) जेठ १७ गतेलाई पेशी तोकिएको हो ।