काठमाडौँ / आइतबार बिहान पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान झण्डै २४ घण्टा पछि भेटिएको छ। विमान मुस्ताङको थासाङ गाउँपालिकाको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

जहाजमा चालकदलका ३ जना सहित २२ जना सवार थिए । उनीहरू सबैको दुर्घटनामा परी निधन भएको छ । हालसम्म १६ जनाको सव फेला परेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी धनुषाको मिथिला नगरपालिका –११ लोटामा बस्ने एकै परिवारका सात जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरुषोत्तम गोले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ, सुकुमाया तामाङ तथा राजन गोले रहेका छन् ।

मृतक इन्द्रबहादुर गोले र राममाया तामाङ राजन गोलेका बुबाआमा हुन् भने पुरुषोत्तम गोले र तुलसादेवी काकाकाकी तथा मकरबहादुर तामाङ र सुकुमाया तामाङ मामा माइजू हुन् ।

राजनले उनीहरूलाई मुक्तिनाथको तीर्थाटनका लागि लिएर गएका थिए । धनुषामा राजनीतिमा सक्रिय राजन पछिल्लो समय एकीकृत समाजवादीमा सक्रिय थिए ।

त्यस्तै दुर्घटना परेको विमानमा भारतको महाराष्ट्रको ठाणेका एकै परिवारका चार जना पनि सवार थिए ।

नेपालस्थित भारतीय दूतावासका दुर्घटनामा पर्नेमा अशोक त्रिपाठी, उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी, छोरा धनुष त्रिपाठी र छोरी ऋतिक त्रिपाठी रहेका छन् । 

तारा एयरमा ज्यान गुमाएका भारतीय जोडी सम्बन्धविच्छेद अघि परिवारसहित नेपालमा छुट्टी मनाउन आएका पाइएको छ ।