विराटनगर / मोरङको विराटनगर महानगरपालिका –१५ र तेह्रथुमको लालीगुँरास नगरपालिका –२ बाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी –६ सुनसरीका २० बर्षीय आस्मिक कार्की र बसन्तपुरका २४ बर्षीय जोसेफ गुरुङ रहेका छन् ।
आइतबार बेलुका ६ बजे विराटनगर –१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउँदै गरेका कार्कीलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ४२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यसैगरी आज (सोमबार) बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले ब्राउनसुगरसहित गुरुङलाई पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद छ ।