बिर्तामोड / बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा पत्रकार आयुष निरौला चयन भएका छन् । बुद्धशान्ति गाउपालिका - ३ स्थित तेन्जिङ नोर्गे होम स्टेमा सोमबार सम्पन्न कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
अध्यक्ष निरौला एक दशक देखि पत्रकारितामा क्रियाशील रहेका छन् । यसै गरि निर्वाचित समितिको उपाध्यक्षद्वयमा विष्णु प्रसाद लामिछाने र सचिवमा रोशन भट्टराई , कोषाध्यक्षमा भारती राई , सहसचिवमा तीर्थ तिम्सिना चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा दिपेन विश्वकर्मा , विजय उप्रेती , ज्ञानु भट्टराई , नारायण अर्याल , चन्द्रकान्त वाग्ले चयन भएका छन् । बाँकी रहका दुईजना सदस्य कार्यसमितिको बैठकले चयन गर्ने बताइएको छ ।
बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार तथा कर्णाली एजुकेसन फाउण्डेसनका प्रधानाध्यापक गंगाराम गड्तौलाको प्रमुख आतिथ्यमामा भएको कार्यक्रमको सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।