काठमाडौं / सरकारले नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गरेकै समयमा स्थायी लेखा नम्बर उपलब्ध गराउने भएको छ ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नागरिकता प्रदान गरेकै समयमा प्यान नम्बर दिने भएको घोषणा गरेका हुन् ।
सरकारले नाबालिक नागरिक समेत लगानी र व्यवसायमा संलग्न भएमा उनीहरूलाई जन्मदर्ता, नाबालिक परिचयपत्र वा अभिभावको परिचयपत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने भएको छ ।