बिर्तामोड / सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको समयमा सरकारले भने बजेटमा नै विमानस्थल निर्माणका लागि योजना ल्याएको छ ।  

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमा निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने बताएका छन् । 

OM Sai Pathibhara Hospital

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन् ।    

पर्यावरणीय दृष्टिकोणले बढी क्षति पुग्ने भएकाले उक्त विमानस्थल निर्माणको सबै काम रोक्न र अर्को विकल्प खोज्न परमादेश दिँदै यसअघि सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो ।