काठमाडौँ / सम्पर्कविहीन भएको तारा एयरको विमानका क्याप्टेनको मोबाइलमा घण्टी गइरहेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले क्याप्टेन प्रभाकर घिमिरेलाई सम्पर्क गर्दा उनको मोबाइलमा घण्टी गइरहेको बताए ।
ठाकुरले भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्रयाक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।