बारा / बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले फैसला गरेपछि स्थानीयले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । 

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले गरेको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । 

OM Sai Pathibhara Hospital

धर्नामा सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । 

काठमाडौँमा बस्दै आएका स्थानीयले पनि आज दिउँसो २ः ३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । 

खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र अदालतले फैसला नसच्याए थप कडाइका साथ प्रदर्शन गर्ने बाराका दामोदर मैनालीले बताएका छन् ।

सर्वोच्चको अविवेकी फैसलाको पुनर्विचार हुनुपर्ने भन्दै माग नसुने थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । 

विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ जेठ मंगलबार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्ने निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिएका छन् ।