बैतडी / बैतडीको मेलौली नगरपालिका घर भएकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरी फागुन महिनामै बलात्कृत भएपनि अहिले मात्रै पीडित किशोरीका आफन्तले जाहेरी दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी बताए । बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको हो ।
किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ । आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
किशोरी बलात्कृत पछि गर्भवती रहेको आफन्तले जाहेरीमा उल्लेख गरेको भएपनि मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको छ ।