झापा / सम्पर्कविहीन भएको तारा एयरको (९ एन एईटी कल साइन) को ट्वीनअटर जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार उक्त जहाज १२ बजे मुस्ताङको खासा नजिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो ।
जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उनले बताए । यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन् ।
उक्त जहाज आज (आइतबार) बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जहाज उडेको २० मिनेटपछि (१० बजेर ७ मिनेट) मा सम्पर्कविहीन भएको थियो । जहाज सम्पर्कविहीन भएपछि खोजीकार्य सुरु गरिएको थियो ।
जहाजमा चालक दलाका सदस्यसहित २२ जना सवार रहेका थिए ।
चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए भने, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ रहेका थिए ।
त्यस्तै, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा सवार थिए ।
घटनाको विस्तृत जानकारी केही बेरमा .......