झापा  / जोमसोमबाट ताराको सम्पर्कविहीन भएको ट्विनअर खोज्न गएको हेलिकोप्टर मौसम खराब भएपछि जोमसोम विमानस्थलमा फर्किएको छ ।

पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो । 

OM Sai Pathibhara Hospital

सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो । मुस्ताङका डीएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि शृङ्खला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । 

त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुसँग पनि सम्पर्क गरी ट्विनअटर देखिए नदेखिएको बारे बुझ्न थालिएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

१० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।