ओखलढुंगा / ओखलढुङ्गामा खानेपानीको ट्याङ्कीभित्र बोरामा बाँधिएको अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका - २ ठुलाछापमा नवजात शिशुको शव फेला परेको हो । ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालका अनुसार स्थानीयले खानेपानीको पुरानो ट्याङ्कीभित्र बोरामा शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार लगिएको थियो ।
रुम्जाटारमा नवजात शिशुको पोस्टमार्ट नहुने भएपछि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ । प्रहरीले शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।