काठमाडौं / पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । 

यद्यपि कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भरेका थिए ।

चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।