पोखरा / पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङको जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । विमानमा चालक दलका सदस्य सहित २३ जना रहेको बताइएको छ ।
महानिर्देशक गौतमका अनुसार उद्धार समन्वयका लागि एक टोली बनाई सम्पर्कविहीन विमानको खोजीका लागि कास्की, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा पर्ने क्षेत्रहरूमा तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए । सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको लेते वरिपरि दुर्घटना भएको आशंका