बिर्तामोड / मोरङको कटहरी गाउँपालिका -१ मा एक पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका- १ महेशपुरमा आइतबार बिहान कटहरी- २ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो । शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी श्रेष्ठका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।