बिर्तामोड /  कबड्डी ४ ले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमाइ गर्दै नेपाली बक्स अफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । चर्चित कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर अभिनीत फिल्म अष्ट्रेलिया, बेलायत र अमेरिकामा पनि एकसाथ रिलिज भएको छ ।  मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन नै २ करोड ९० लाख रुपैयाँ कमाई गरेको हो । 

यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । 
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । 
प्रतीक्षित सिरिज भएकाले पनि फिल्मले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो । 
चर्चित सिक्वेल, स्टारकास्ट, देशभर हल विस्तार हुनु जस्ता कारणले कबड्डी चारको ओपनिङ आक्रामक भएको जनाइएको छ । 

OM Sai Pathibhara Hospital

रिलिजअघि नै लगानी सुनिश्चित गरिसकेको फिल्मले विदेशबाट मात्र २ करोड रुपैयाँ कमाइ गरेको छ ।