बिर्तामोड / नेकपा माओवादी केन्द्र बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले पदबाट राजीनामा दिएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोर्नुपरेको भन्दै दाहालले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकाहरू पराजित भएपछि नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएको बताए ।
नगर इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिए पनि पार्टीको आन्दोलन, जनता र राष्ट्रको हितमा विगत २ दशकदेखिको यात्रामा कमी नहुने दाहालले विज्ञप्तिमा बताएका छन् ।