झापा / दाङको बङ्गलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका युवकको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगर रहेको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको र घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ ।