बिर्तामोड / करेन्ट लागेर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- २ मेहेता टोलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जिवानन्द मेहेता रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुँदा करेन्ट मेहेतालाई करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भएका मेहेतालाई उपचारको लागी  जिल्ला अस्पताल सुनसरी लगिएको र अस्पताल पुर्याउनसाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।